ad ad

राजनीति


कांग्रेस नेताको माग : महरा बाबुछोरा र बादल छुट्नु हुँदैन, छानबिनको दायरामा ल्याउनु पर्छ

कांग्रेस नेताको माग : महरा बाबुछोरा र बादल छुट्नु हुँदैन, छानबिनको दायरामा ल्याउनु पर्छ

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १७:६, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबराले नक्कली शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा जोडिएमा एमाले र माओवादीका नेताहरुमाथि छानबिन थाल्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राणाले आइतबार पार्टी संसदीय दलको बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

‘अहिले सुन तस्करीमा राजस्व अनुसन्धान र सीआईबीले छानबिन गरिरहँदा अर्को चाहिँदैन भन्ने छ। तर नेपाल सुन तस्करको स्वर्ग भइसक्यो’, उनले भने, ‘जहाज नै यहाँबाट अपहरण भएको छ। मानव तस्करी पनि भएको छ।
एक क्विन्टल सुनको घटना मात्रै होइन। कयौँ घटना भएका छन्।’

उनले एमाले र माओवादीको टकरवाका कारण पनि संसद् रोकिएको बताए। 

पत्रकारहरुले उनलाई नेपाली कांग्रेसका सांसदहरु एकपछि अर्को जेल जाने क्रम हुँदैछ। तपाईंहरुको काँधमा बसेर माओवादीले टाउकोमा हान्न खोजेको त होइन नि? भनेर सोधेका थिए।

त्यसपछि उनले कुनै पनि व्यक्तिविरुद्ध भ्रष्टाचारमा छानबिन गर्न डराउन नहुने बताए।  

‘कुनै पनि व्यक्तिले भ्रष्टाचार गरेको भए छानबिन हुनुपर्छ। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको नाम सुन तस्करसँग उठबसलाई लिएर आएको छ। विभिन्न समयमा उनीहरुले कुरा गरेको आएको छ’, उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा पनि किन बादल (एमाले उपाध्यक्ष रामबहादुर थापा) लाई पनि जोगाइयो? अनुसन्धानका क्रममा उहाँलाई किन छानबिन भएन?’

उनले नेपाली कांग्रेस भ्रष्टाचारविरुद्ध प्रष्ट रहेको बताए। ‘हामी भ्रष्टाचारमा नो कन्डिसन भन्दैछौँ। कांग्रेसीलाई मात्रै अनुसन्धान किन केन्द्रित भयो भनिएको छ’, उनले भने, ‘कांग्रेसका नेताहरुलाई टार्गेट गरिएको भनिएको छ। यस्तोमा सबै प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ।’ 

राणाले कांग्रेस सांसद सुनिल शर्माले मर्यादाभन्दा बाहिर गएर संसद्‍मा कुरा राखेको भन्दै बैठकमा चर्चा भएको बताए। 

तर उनले नियम मिचेर एउटा सांसदलाई गिरफ्तार गरिरहँदा सभामुखलाई जानकारी गराउने नियमलाई तोडेर किन गएको भन्ने कुरा पनि बैठकमा उठेको बताए। राणाले सुनिल शर्माले हाउसमा बोलेको कुरामा कांग्रेस सन्तुष्ट नरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .