ad ad

कारोबार


एनसेलको स्पष्टीकरण : ग्राहकको गोप्य विवरणमा सरकारलाई पहुँच दिएका छैनौं

एनसेलको स्पष्टीकरण : ग्राहकको गोप्य विवरणमा सरकारलाई पहुँच दिएका छैनौं

नेपालखबर
साउन २६, २०८० शुक्रबार १९:४६, काठमाडौँ

एनसेलले ग्राहकको गोप्य विवरणमा सरकारलाई दिन कुनै सहमति नगरेको स्पष्ट पारेको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी एनसेलले ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिने उल्लेख गर्दै ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति नदिएको जनाएको छ।।

त्यस्तै, कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नभएको पनि एनसेलले उल्लेख गरेको छ।

‘एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट/कनेक्ट अर्थात जोडेको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं।’

कम्पनीले टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेको पनि जनाएको छ। ग्राहक गोपनीयताको रक्षा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको कम्पनीले स्पष्ट पारेको छ।

एनसेलले भनेको छ, ‘टेरामक्स सम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही हाम्रो निर्णय हुनेछ। जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं।’

कम्पनीले अगाडि भनेको छ, ‘एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी हो र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको छ। ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो। हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .