ad ad

समाज


शनिबार रातिदेखि भीषण वर्षाको सम्भावना, सोमबारसम्म सतर्क रहन सुझाव

शनिबार रातिदेखि भीषण वर्षाको सम्भावना, सोमबारसम्म सतर्क रहन सुझाव

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
साउन २६, २०८० शुक्रबार १९:५५, काठमाडौँ

शनिबार रातिदेखि ३ दिनसम्म भीषण वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबानबाट जोगिने उपाय अपनाउन मौसम महाशाखाले सम्पूर्ण नागरिकलाई सुझाव दिएको छ।  

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालनजिक छ। साथै भारत बिहारको उत्तर–पश्चिम भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा परिरहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपालको नजिक सर्ने सम्भावना छ।

यसको प्रभावले शनिबार साउन २७ गते रातिदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै आइतबार साउन २८ गते पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारीसम्म वर्षासमेत हुने सम्भावना छ।

यसैगरी सोमबार साउन २९ गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम महाशाखाले सचेत गराउँदै भनेको छ– तसर्थ शनिबारदेखि सोमबारसम्म देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम,  सहरी क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

हेर्नुहोस् मौसम महाशाखाले जारी गरेकाे विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .