नेपाल विद्युत प्राधिरकणले राष्ट्रिय प्रशरणबाट देशभरका ९५ प्रतिशत नागरिकले विद्युत प्रयोग गरिरहेको जानकारी गराएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार एक पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै घिसिङले सो जानकारी गराएका हुन्।
२ वर्षअघि ८९ प्रतिशतत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत्को पहुँच पाएका थिए।
‘करिब २ वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत्मा पहुँच पाएकोमा, अहिले ९५ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणको विद्युत पाएको छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने।
साथै, मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सारभूत रुपमा पूर्ण विद्युतीकरण भएको पनि उनले जानकारी दिए।
कोशी प्रदेशमा ९५, लुम्बिनी प्रदेमा ९८, कर्णाली प्रदेशमा ६७, सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको पनि उनले बताए।
Shares

प्रतिक्रिया