ad ad

कारोबार


जहाज मर्मतकै लागि चीनबाट इन्जिनियर ल्याउनुपर्ने बाध्यता हट्यो

जहाज मर्मतकै लागि चीनबाट इन्जिनियर ल्याउनुपर्ने बाध्यता हट्यो

नेपालखबर
असार १३, २०७६ शुक्रबार १०:६,

नेपाल वायुसेवा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज मर्मतसम्भार गर्ने संस्थालाई दिइने प्राविधिक स्वीकृति पाएको छ।

निगमले प्राविधिक भाषामा ‘पार्ट १४५’ भनिने मर्मतसम्बन्धी स्वीकृति प्राप्त गरेको हो। स्वीकृतिसँगै अबदेखि ए३३० जहाजको लाइन मर्मतको काम निगम आफैँले गर्नेछ। निगमका अनुसार लाइन मर्मतकार्य भन्नाले जहाजको मर्मतसम्भार अप्रोनमा गरिने स्तरोन्नति हो। यसमा उड्नुअघि र अवतरणपछिको अनुगमन र मर्मत पनि पर्दछ।

हालसम्म यो कार्यको लागि बीसीटी नामक संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गरिएको थियो। आगामी जुलाई २०१९ देखि यो कार्य ने.वा.नि.का इन्जिनियरमार्फत हुने निगमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। यसले निगमको मासिक ५०–६० लाख रकम देशबाट बाहिरिने अवस्थाको अन्त्य हुने र नेपाली दक्ष जनशक्तिहरुले थप अवसर प्राप्त गर्ने निगमले जनाएको छ।

त्यसैगरी पार्ट १४५ अन्तर्गत नै रही निगमले एमए–६० र वाई १२ई जहाजको बेस मेन्टेनेन्स (लाइन मर्मतभन्दा माथिल्लो स्तर)को कार्यको पनि स्वीकृति पाएको छ। स्वीकृतिसँगै अबदेखि चीनबाट जहाज मर्मतको लागि आवश्यक दक्ष इन्जिनियरहरुलाई बोलाइराख्नुपर्नेछैन। निगमका अनुसार हाल उक्त जहाजको मर्मतका लागि चीनबाट इन्जिनियर ल्याउनुपर्थ्याे।

उक्त जहाज सानादेखि ठूला मर्मतको कार्यहरु नेपाली इन्जिनियरहरुले नै गर्नेछन् । यसबाट पनि निगमको वार्षिक रुपमा करोडौँ रकम बच्ने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .