ad ad

कारोबार


कंचनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात

कंचनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात

नेपालखबर
साउन १५, २०८० सोमबार १४:३३, काठमाडौँ

डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ।

डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, हेड रिभेन्यु एण्ड कलेक्सन उज्जल न्यौपाने, प्रदेश बिक्री प्रमुख बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा शो रुमको औपचारिक सुरुवात भएको थियो।

२०७८ फागुनदेखि डिशहोम फाइबररनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

८५० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको रोयल मल्टी प्रपोजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ शो रुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .