ad ad

राजनीति


एमालेले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

एमालेले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १४:३७, काठमाडौँ

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टल सुन पक्राउको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान यथावत् राखेपछि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। 

एमालेले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। 

यसअघि गत १० साउनमा बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले सोही माग राखेको थियो। उक्त माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने एमालेको अडान छ।

संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतासँग छलफल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .