ad ad

कारोबार


क्लासिक टेकले मनायो चौधौँ वार्षिकोत्सव

क्लासिक टेकले मनायो चौधौँ वार्षिकोत्सव

नेपालखबर
साउन १२, २०८० शुक्रबार १५:५, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ।  

सन्  २००९  मा  स्थापना  भई  सेवा  सुरु  गरेको यस कम्पनीले हाल  देशभरिका ७४ जिल्लाहरुमा १००  वटाभन्दा बढी आउटलेट  बाट सेवा प्रदान गर्दै आईरहेको छ।

कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै सीडीएन सर्भर  जडान गरी फेसबुक, युट्युब, नेटफ्लिक्स, गूगल, अकमाई, जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान  गर्ने गरेको जनाएको छ।  

कम्पनीले  विराटनगर र  काठमाण्डौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको  छ। यसले  छोटो अवधिमा  अत्याधिक  लोकप्रिय  ईन्टरनेट  सेवा  प्रदान  गर्न  सफल  भएको  छ।

त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय  सेवा प्रदान  गर्ने कम्पनीको  लक्ष्य  रहेको कम्पनीले जनाएको छ।

यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकीय इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ।

यस यात्रामा  कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउँदै आइरहेको छ। डुअल ब्याण्ड राउटर र आईपीटीभी जस्ता  प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ।

कम्पनीको १४ औं वाार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबीपीएस ईन्टरनेट प्लानहरु छुटमा वितरण गरिरहेको पनि कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .