आज सेयरबजार ३६.१९ अंकले घटेको छ। बजार ३६.१९ अंकले घटेर २१६.३१ विन्दुमा झरेको हो।
नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६२ करोडको कारोबार आज २ अर्ब ९१ करोडमा सीमित देखिएको छ।
आइतबार २२ सय विन्दु माथि उक्लिएको बजार पछिल्लो दुई कारोबार दिनमा करिब ६३ अंकले घटेको छ। मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट देखिएको छ।
आज १३ उपसमूह मध्ये १२ उपसमूहमा गिरावट आएको छ। आज होटल एण्ड टुरिजम उपसमूह मात्रै बढेको हो।
आज बैंकिङ र डेभलपमेन्ट बैंकको उपसुचकमा सबैभन्दा धेरै अंकको गिरावट आएको छ।
आज नेप्सेमा किसान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
त्यसैगरी सिटी होटलको सेयरमूल्य ७.७४ प्रतिशत र रिसर्भ पावर कम्पनीको सेयरमूल्य ६।३१ प्रतिशतले बढेको छ।
आज नेपाल सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी शिवम सिमेन्टको १० करोड ३९ लाख र ग्लोबल आईएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ।
Shares
प्रतिक्रिया