नेपाल राष्ट्र बैंकले वित्तीय अपराध नियन्त्रणका लागि बैंकिङ कसुर ऐनलाई थप बलियो बनाउने भएको छ।
आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले उच्शृंखल गतिविधि नियन्त्रण गर्न बैंकिङ कसुर ऐन संशोधन हुने बताएको हो। मौद्रिक नीतिमा बैकिङ्ग कसुर ऐन, २०६४ संसोधन गर्ने बताइएको छ।
‘वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यवसायिक तथा उच्शृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ,’ मौद्रिक नीति उल्लेख रहेको छ।
12
Shares
प्रतिक्रिया