सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जामा लाग्दै आएको १ सय ५० प्रतिशत जोखिम भारलाई राष्ट्र बैंकले परिवर्तन गर्ने भएको छ।
आज राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले जोखिमभारलाई पुनरावलोकन गर्ने उल्लेख गरेको हो।
यसअघि सेयर धितो कर्जा लागायतका कर्जामा लाग्दै आएको १ सय प्रतिशत जोखिम भारलाई परिवर्तन गर्दै १ सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने कायम गरेको थियो। त्यसको असर सेयरबजार, घरजग्गा कारोबार र अटो व्यापारमा परेपछि पछिल्लो दुई वर्षदेखि जोखिमभार घटाउनु पर्ने माग ऋणीको थियो।
यद्यपी अघिल्लो पटकको मौद्रिक नीतिमा जोखिमभारलाई नचलाएको राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पुनरावलोकन गर्ने उल्लेख गरेको छ।
अर्थतन्त्रको अवस्था सुधारोन्मुख भएसँगै बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था पनि सुधारिदै जाँदा कर्जामा लाग्ने जोखिमभार घट्नुपर्ने माग राखिँदै आएको थियो। जसमा राष्ट् रबैंक लचिलो देखिएको छ।
Shares
प्रतिक्रिया