कारोबार


टाटा ग्रुपले बेलायतमा विद्युतीय गाडीको ब्याट्री प्लान्ट निर्माण गर्ने

टाटा ग्रुपले बेलायतमा विद्युतीय गाडीको ब्याट्री प्लान्ट निर्माण गर्ने

नेपालखबर
साउन ४, २०८० बिहिबार १४:३८, काठमाडौँ

टाटा ग्रुपले बेलायतमा विद्युतीय गाडीको ब्याट्रीको प्लान्ट निर्माण गर्ने भएको छ। जागुअर र ल्यान्डरोभरका विद्युतीय गाडी उत्पादन गर्न ब्याट्री प्लान्ट निर्माण गर्न लागेको हो। 

ब्याट्री उद्योगको क्षमता ४० गिगावाट आवर रहेको छ। जसले वार्षिक ५ लाख गाडीको लागि ब्याट्री उत्पादन गर्न सक्छ। बेलायतमा ग्रिन टेक इकोसिस्टम स्थापना गर्नका लागि सहयोग पुग्ने जनाएको छ।

टाट सन्का अध्यक्ष एन चन्द्रशेखरनले युरोपको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी हुने बताएका छन्।

‘हाम्रो मल्टिविलियन पाउन्ड लगानीले अटोमोटिभ क्षेत्रलाई विद्युतीयमा रुपान्तरण गर्न सहयोग गर्छ,’ चन्द्र शेखरन भन्छन्।

रणनीतिक लगानीले बेलायतमा आफ्नो उपस्थिती बलियो बनाउने बताएका छन्। टाटा ग्रुपले प्रविधि, ग्रकाक, हस्पिटालिटी, स्टील, केमिकल र अटोमोटिममा लगानी गरेको छ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले मल्टी विलियन पाउन्ड लगानीले युकेको गाडी उत्पादन उद्योगलाई बलियो र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए। 

‘टाटा ग्रुपको भारत बाहिर पहिलो ब्याट्री स्थापना गर्ने निर्णयले बेलायतको कन्फिडेन्स बढेको छ,’ प्रधानमन्त्री सुनकले भने।

बेलायतको ठूलो लगानी भित्र्याएर विद्युतीय गाडीको औद्योगिक क्षेत्रमा ठूलो फड्को मार्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad