डिशहोमले बच्चाबच्चीलक्षित च्यानल राइम्स ल्याउने भएको छ। कम्पनीले बच्चाबच्चीलाई रोमाञ्चक प्रारम्भिक शिक्षण आधार दिने गरी नयाँ च्यानल ल्याउनलागेको हो।
यो २ देखि १२ वर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तर्क्रियात्मक च्यानल हुने कम्पनीले जनाएको छ। यसलाई च्यानल नं. ८०९ मा हेर्न सकिने कम्पनीले बताएको छ।
च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्ने डिशहोमले जनाएको छ।
बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्न यो च्यानल ल्याउन लागिएको हो।

प्रतिक्रिया