कारोबार


‘जतिको रिचार्ज, त्यति नै क्यास व्याक’

‘जतिको रिचार्ज, त्यति नै क्यास व्याक’

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ११:१५,

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै शनिबार (६ माघ) मा मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुँदैछ। उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा सो दिन १२ बजेदेखि बिगसेल चल्नेछ। ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैयाँमा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए। उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं। रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु।’

बिगसेलमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ। विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन्।

भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदैछ। जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन्। जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ।

बिगसेलका दौरान नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु उपलब्ध हुनेछ। विभिन्न पर्यटकीय स्थलमा हेलिकप्टरमार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुनेछ।

जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणीस्थानमा रहेर सेवा दिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध हुने ग्लाइडरले जानकारी दिए।

विभिन्न बैंकहरुसँगको सहकार्यमा यस्तो व्यवस्था गरिएको हो। इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने योजना रिचार्जरको छ।

अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकै स्थानमा उपलब्ध गराउँदै आएको छ।

रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छभने अन्य सेवामा खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad