कारोबार


सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

नेपालखबर
असार २७, २०८० बुधबार १५:५, काठमाडौँ

सानिमा बैंकले सानिमा दीर्घायू तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।

सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरिन्।

मृतक भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दीर्घायू तलब बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दीर्घायू बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधि उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .