आगामी ५० वर्षमा अमेरिका, जापान र जर्मनीलाई उछिन्दै भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ।
हाल विश्वको पहिलो ठूलो अर्थतन्त्र संयुक्त राष्ट्र अमेरिका छ। दोस्रोमा चीन छ। सन् २०७५ सम्म चीन संसारको ठूलो अर्थतन्त्र बन्ने र भारत दोस्रो बन्ने प्रक्षेपण गोल्डम्यान साक्सले प्रक्षेपण गरेको छ।
हाल अमेरिकाको जीडीपी २३ हजार ३१५ डलर बिलियन छ भने दोस्रोमा चीनको जीडीपी १७ हजार ८१२ अर्ब डलर रहेको छ।
आगामी ५० वर्षमा चीनको जीडीपी ५७ खर्ब डलर र भारतको साढे ५२ खर्ब डलर पुग्ने प्रक्षेपण गोल्डम्यानले गरेको छ।
संसारको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका साढे ५१ खर्ब डलरसहित संकुचित हुने प्रक्षेपण गरिएको छ।
जापान र जर्मनीलाई इन्डोनोसिया, पाकिस्तान, नाइजेरिया, इजिप्ट लगायतका देशले उछिन्ने पनि प्रक्षेपणले देखाएको छ।
Shares

प्रतिक्रिया