ad ad

कारोबार


५० वर्षपछि चीन पहिलो र भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

५० वर्षपछि चीन पहिलो र भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नेपालखबर
असार २७, २०८० बुधबार ८:८, काठमाडौँ

आगामी ५० वर्षमा अमेरिका, जापान र जर्मनीलाई उछिन्दै भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ।

हाल विश्वको पहिलो ठूलो अर्थतन्त्र संयुक्त राष्ट्र अमेरिका छ। दोस्रोमा चीन छ। सन् २०७५ सम्म चीन संसारको ठूलो अर्थतन्त्र बन्ने र भारत दोस्रो बन्ने प्रक्षेपण गोल्डम्यान साक्सले प्रक्षेपण गरेको छ।

हाल अमेरिकाको जीडीपी २३ हजार ३१५ डलर बिलियन छ भने दोस्रोमा चीनको जीडीपी १७ हजार ८१२ अर्ब डलर रहेको छ।

आगामी ५० वर्षमा चीनको जीडीपी ५७ खर्ब डलर र भारतको साढे ५२ खर्ब डलर पुग्ने प्रक्षेपण गोल्डम्यानले गरेको छ।

संसारको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका साढे ५१ खर्ब डलरसहित संकुचित हुने प्रक्षेपण गरिएको छ।

जापान र जर्मनीलाई इन्डोनोसिया, पाकिस्तान, नाइजेरिया, इजिप्ट लगायतका देशले उछिन्ने पनि प्रक्षेपणले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .