कारोबार


कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, यस्ताे छ हेर्ने तरिका

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, यस्ताे छ हेर्ने तरिका

नेपालखबर
असार १३, २०७६ शुक्रबार ४:२४,

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते सञ्चालन गरिएकाे कोरियाली भाषा परीक्षाको आज (शुक्रबार) सार्वजनिक गरिएको हो।

इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा  www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मा गएर हेर्न सकिनेछ।

यस वर्षको भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए। तर कोरियाले यस वर्ष १० हजार ५० जना नेपाली मात्र प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad