ad ad

कारोबार


उड्डयन प्राधिकरण सञ्चालक समितिबाट किन हटाइए मदन खरेल र विजय श्रेष्ठ ?

उड्डयन प्राधिकरण सञ्चालक समितिबाट किन हटाइए मदन खरेल र विजय श्रेष्ठ ?

नेपालखबर
माघ २, २०७६ बिहिबार ११:१४,

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र हिमालय एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठलाई नागरिक उड्डयन प्राधिकरण (क्यान) सञ्चालक समितिबाट हटाउने निर्णय गरेको छ।

युरोपियन युनियन (ईयु)ले नेपाललाई लामो समयदेखि कालोसूचीमा राखेपछि सरोकारवालाको आग्रहमा विमान सञ्चालकका प्रतिनिधिलाई क्यानको सदस्यबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन्।

पुस २८ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १३ को उपदफा १ को ‘च’मा निजी क्षेत्रका समेत गरी वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरुबाट नेपाल सरकारबाट मनोनीत दुई जना सदस्य हटाउने निर्णय गरेको हो।

तर केही समयअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहमा हिमाल एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सञ्चालक समितिबाट राजीनामा दिएका थिए। श्रेष्ठले राजीनामा दिए पनि खरेलले भने दिएका थिएनन्।

मन्त्री बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै क्यान सञ्चालक समितिमा विज्ञलाई मात्रै राख्ने निर्णय गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .