ad ad

कारोबार


तीन प्रसारणलाइनलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्को स्वीकृति

तीन प्रसारणलाइनलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्को स्वीकृति

नेपालखबर
माघ २, २०७६ बिहिबार ११:३,

सरकारले तीन प्रसारणलाइनलाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। पुस २८ मा बसेको मन्त्रिपरिषद बैठकले तामाकोशी–काठमाडौं, हेटौंडा–ढल्केबर–दुहवी र रुकुमगाड जलविद्युत आयोजनाको ३३ केभी प्रसारणलाइनलाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो।

निर्णयअनुसार तामाकोशी–काठमाडौं २२०÷४०० केभी प्रसारणलाइनको राइट अफ वेसहित केही टावर संरचना तयार गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र भक्तपुर जिल्लामा परेका विभिन्न ५६ वटा सामुदायिक वनलगायतको कुल १०३.२२० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ।

त्यस्तै, हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी प्रसारणलाइनको चौथोखण्ड (मकवानपुर)को राइट अफ वेसहित केही टावर संरचना तयार गर्न मकवानपुरको हेटौंडा, छतिवन, हर्नामाडी र राइगाउँमा रहेका १७ वटा सामुदायिक वन र दुईवटा कबुलियती वनलगायतको कुल ८०.६६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ।

त्यसैगरी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई रुकुमगाड जलविद्युत् आयोजनाको ३३ केभी प्रसारणलाइनको राइट अफ वेसहित केही पोल र टावर संरचना तयार गर्न साबिक रुकुम जिल्लामा रहेका विभिन्न पाँचवटा सामुदायिक वनलगायतको कुल ४.०४९९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .