ad ad

कारोबार


दार्चुलाका लाली र तिगरममा भन्सार कार्यायल खुलेनन्

दार्चुलाका लाली र तिगरममा भन्सार कार्यायल खुलेनन्

नेपालखबर
माघ २, २०७६ बिहिबार ५:५८,

छोटी भन्सार कार्यालय दार्चुलामा आयात कम हुँदा राजश्व संकलनमा असर परेको छ। नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको जनाइएको छ।

भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जीएसटी) लागू गरेपछि सामान आयात घटेको बताइन्छ। छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा नौ लाख ४८ हजार ६१३ रुपैयाँ राजश्व संकलन भएको छ। यो अघिल्लो आव २०७५÷७६ को भन्दा पाँच लाख १० हजार ९१२ रुपैयाँले कम हो।

जिल्लाको एक मात्रै छोटी भन्सार कार्यालयको रूपमा खलंगा रहेको छ। यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट रहेको छ। दार्चुलाको जौलजीवि, दत्तु र सीतापुल भन्सार कार्यालय द्वन्द्वकालीन समयदेखि बन्द छन्। सीमा जोडिएका लाली र तिगरममा भन्सार कार्यायल स्थापना भएको छैन।

भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले भने, ‘अहिले भारतबाट जुत्ता÷चप्पल चिनी मात्रै आउँछ, अन्य दैनिक उपभोग्य सामानमा खासै भन्सार लगाइएको छैन्’, उनले भने, ‘व्यापारिकरूपमा आउने सामानको मात्रै भन्सार लगाइँदा राजश्व कम स.कलन भएको हो। विगतमा भारतबाट लत्ताकपडा, सिमेन्ट, जस्ता पातालगायतका निर्माण सामग्री आउँदा राजश्व बढी देखिन्थ्यो, तर अहिले सबै सामान नेपालतिरबाटै आउने गरेका छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .