ad ad

कारोबार


अर्थमन्त्रीले भने : संसद् विकास कोषको गलत प्रचार गरियो, त्यो पनि पुँजीगत खर्च नै हो

अर्थमन्त्रीले भने : संसद् विकास कोषको गलत प्रचार गरियो, त्यो पनि पुँजीगत खर्च नै हो

संसद्‍मा जवाफ दिने क्रममा अर्थमन्त्री महत। तस्बिर : नेपालखबर


नेपालखबर
जेठ २९, २०८० सोमबार १४:७, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे गलत प्रचार गरिएको जिकिर गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। 

उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नगरी गलत प्रचार बढी भएको बताएका छन्। 

संसदमा उठेका विषयमा जवाफ दिनुहुँदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ। यस्तो बेला निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’

१ करोड तलको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै हुने उनले प्रष्ट पारे। ‘माननीयले त सिफारिसमात्रै गर्ने हो। सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उनले भने। निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनले बताए।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए। यो कार्यक्रम अन्तर्गत एउटा आयोजनामा कम्तीमा १ करोड विनियोजन भएको छ। 

सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायत भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमका लागि अर्थमन्त्रीले ८ अर्ब २५ करोड विनियोजन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .