कारोबार


निजी क्षेत्रमा कर्जा प्रवाह ३‍‍.३ प्रतिशतले बढ्यो

निजी क्षेत्रमा कर्जा प्रवाह ३‍‍.३ प्रतिशतले बढ्यो

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १४:२७, काठमाडौँ

आर्थिक वर्ष २०८९/०८० को वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ३.३ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाले वैशाख मसान्तसमा निजी क्षेत्रमा १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

२०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ।

गत वर्ष सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६७ प्रतिशत रहेको थियो।

निजी क्षेत्रमा प्रवाहित कर्जामा वाणिज्य बैंकको कर्जा प्रवाह ३.२ प्रतिशत, विकास बैंकको ५ प्रतिशत र वित्त कम्पनीको १.१ प्रतिशतले बढेको छ।

२०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

२०७९ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा गरेको कर्जामध्ये कृषि क्षेत्रतर्फ ७.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

२०८० वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले बढेको छ

त्यसैगरी अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिकोकर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad