ad ad

कारोबार


नबिल बैंकले ८६ जनालाई दियो २ करोड बीमा दाबी भुक्तानी

नबिल बैंकले ८६ जनालाई दियो २ करोड बीमा दाबी भुक्तानी

नेपालखबर
पुस २८, २०७६ सोमबार ८:५६,

नबिल बैंकले मेटलाइफ बीमा कम्पनीको सहकार्यमा सुरु गरेको घातक रोग उपचार र मृत्युबीमा योजनामा ८६ जना बचतकर्ता लाभान्वित भएका छन्।

बैंकले घातक रोग बीमा ३ लाख रुपैयाँको र ७५ हजार रुपैयाँको मृत्युबीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा सुरु गरेको थियो।

यो अवधिमा योजनाबाट ८६ बचतकर्ता लाभान्वित भएको र २ करोड १ लाख ७५ हजार दाबी भुक्तानी गरिएको बैंकले जनाएको हो। योजना लोकप्रिय रहेको भन्दै यसलाई निरन्तरता दिने निर्णय समेत बैंकले जनाएको छ। 

उक्त योजनाअन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार वा बढी राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचतखातालाई क्यान्सर, स्ट्रक, हृदयरोग, सिरियस कोरोनरी आर्टरी डिजिज, हार्ट भल्भ सर्जरी, प्राइमरी पल्मोनरी हाइपरटेन्सन, अन्तिम अवस्थाको फोक्सो रोग, कलेजो फेलिअर, फुल्मिन्यान्ट हेपाटाइटिस, मिर्गौला फेलिअर, कोमा, अप्लास्टिक एनेमिया, बोनम्यारो गरी १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाख रुपैयाँको बीमा गरेको छ।

ग्राहकको सहजतालाई आत्मसात् गर्दै उक्त १३ वटामध्ये कुनैपनि घातक रोग लागेको निवेदनउपर निदान आवश्यक प्रमाण पूरा भएको अवस्थामा ३ लाखको बीमा रकम विना कुनै बिल तत्काल भुक्तानी हुने गरी व्यवस्था गरिएको बैंकका कर्पोरेट कम्युनिकेसन युनिटका समन लामा थिंगले जानकारी दिए।

यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजार रुपैयाँको बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .