कारोबार


नबिल बैंकले ल्यायो ५ करोडसम्मको सस्टेनेबल हाउजिङ कर्जा योजना

नबिल बैंकले ल्यायो ५ करोडसम्मको सस्टेनेबल हाउजिङ कर्जा योजना

नेपालखबर
जेठ २१, २०८० आइतबार १९:१९, काठमाडौँ

नबिल बैंकले दिर्घकालीन हाउजिङ कर्जा (सस्टेनेबल हाउजिङ लोन) योजना ल्याएको छ।

बैंकले स्मार्ट पानी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा यो योजना ल्याएको हो।

बैंकले विश्व वातावरण दिवसको अवसर पारेर यो योजना ल्याइएको जनाएको छ।

विद्युत खपत कम गर्ने र पानीको पुनः प्रयोग बढाउनेलाई सहजै ऋण दिने बैंकले जनाएको छ।

बैंकले यो योजनामा सहभागी हुनेलाई ७ वर्षसम्मका लागि आधार दरमा १ प्रतिशत प्रिमियम थपेर वा १०.४९ प्रतिशत ब्याजदरमा फिक्स्ड कर्जा दिनेछ।

बैंकले यो योजनामा न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड कर्जा दिने जनाएको छ।

कर्जाको अवधि २० वर्षको हुनेछ। कर्जा लिएको ७ वर्षपछि आधारदरमा न्यूनतम प्रिमियम थप गरिने बैंकले जनाएको छ।

कर्जा पाउनका लागि आन्तरिक उपकरण प्रयोग गर्ने, विद्युत कम प्रयोग गर्ने (घर बनाउँदा प्रयोग भएका उपकरण प्रकाश आउने खालका प्रयोग गर्ने) र घरमा वैकल्पिक ऊर्जा प्रयोग गरेको हुनुपर्ने सर्त बैंकले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .