नेपालले तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना पनि भारतलाई दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा यी दुई परियोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता भएको हो।
दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीको उपस्थितिमा ४८० मेगावाटको फुकोट कर्णाली र ६७९ मेगावाटको तल्लो अरुण परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो।
४८० मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना हो। ६७९ मेगावाटको तल्लो अरुण परियोजना पनि अब भारतले बनाउने पक्का भएको हो। अरुण तेस्रो पनि अहिले भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको छ।
लगानी बोर्डले यी दुई परियोजना विकास गर्ने निर्णय सहित लगानी स्वीकृत समेत गरेको थियो। चैत १३ गते लगानी बोर्डको बैठकले अर्धजलाशययुक्त फुकोट कर्णाली आयोजनामा ५१ प्रतिशत भारतीय कम्पनी एनएचपीसीले लगानी गर्ने निर्णय गरेको थियो। त्यसमा नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेडको ४९ प्रतिशत लगानी रहने छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुण र फुकोट कर्णाली निर्माण सम्झौता हुने
यो आयोजना निर्माणको लागि ९३ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसको क्षमता ४ सय ८० मेगावाट छ। उत्पादित बिजुली भारत निर्यात हुने छ।
लगानी बोर्डको सम्झौता अनुसार यो आयोजनाबाट नेपालले २१ दशमलव ९ प्रतिशत विद्युत निशुल्क पाउने गरी भारतीय कम्पनीसँग सम्झौता गरिएको हो।
त्यस्तै, बोर्डले तल्लो अरुण आयोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँको लगानी स्वीकृत गरेको थियो। गत चैतमा नै लगानी स्वीकृत गरेको थियो।
६ सय ७९ मेगावाटको यस परियोजना यसअघि नै डीपीआर तयार गर्ने समझदारी भएको थियो। बिहीबार दिल्लीमा निर्माण सम्झौता नै भएको हो।
Shares

प्रतिक्रिया