ad ad

कारोबार


लगानीकर्तामा आयकर ‘आतंक’, बिक्रीचाप बढ्दा ३८ अंकले घट्यो बजार

लगानीकर्तामा आयकर ‘आतंक’, बिक्रीचाप बढ्दा ३८ अंकले घट्यो बजार

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १५:३३, काठमाडौँ

धितोपत्र कारोबारमा लाग्ने आयकरलाई लिएर आतंकित बनेका लगानीकर्ताको त्रास आज पनि हटेन। मंगलबार कारोबार शुरु भएबाटै आत्तिएका लगानीकर्ताले बुधबार पनि बिक्री चाप बढाउँदा बजार दिनभर राताम्मे रहन पुग्यो। 

मंगलबार ५३ अंकले घटेको नेप्से सूचकले बुधबार पनि निरन्तरता पायो। बुधबार ३८.८३ अंकले घटेको नेप्सेमा काराबोर २ अर्ब ३१ करोड रुपौयाँको भएको छ। 

सरकारले बजेटमार्फत् धितोपत्र कारोबारीहरुले अघिल्लो तीन वर्षका आय भुक्तान गर्नुपर्ने उल्लेख गरेसँगै त्यसको प्रभाव मंगलबार र बुधबारको बजारमा परेको हो। 

आतंकित बनेका लगानीकर्ताले बजेटपछिका दुई कारोबार दिनमा नै बिक्री बढाएका छन्। जसले गर्दा बजारको क्रयशक्ति कमजोर र विक्रय क्षमता बलियो बन्दै गएको छ। 

डराएका लगानीकर्ताले बुधबार सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर र शिवम सिमेन्टको कारोबार धेरै गरेका छन्। 

प्रभु बैंकको प्रमोटर शेयरमा लगानीकर्ताले बुधबार एकैदिन ३४ करोड रुपैयाँको शेयर किनबेच गर्दा शिवम सिमेन्टमा ११ करोडको कारोबार भएको छ।

सूचक घटे पनि कारोबार बढेसँगै बजारमा २०३ कम्पनीको शेयरमूल्य घट्न पुगेको छ। १६ वटा मात्रै कम्पनीले समान्य अंकले मूल्य बढाउन सफल बनेका छन्। 

मूल्य बढाउनेमा बुधबार आत्मनिर्भर लघुवित्त अगाडि छ। पछिल्लो एक हप्तादेखि निरन्तर सर्किट लेबलमा शेयरमूल्य बढिरहेको यस कम्पनीलाई बजेटले कुनै प्रभाव पारेको देखिँदैन।

बुधबार पनि  कित्तामा १ सय ८१ रुपैयाँले बढेर सर्किट लागेको हो। यसबाहेक माइखोला, पिपुल्स पावर, सयपत्री हाइड्रो लगायतका कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ। 

गुमाउनेमा आज युनिलिभर कम्पनी अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। 

एकैदिन कित्तामा ३ हजार ३ सय ४२ रुपैयाँले मूल्य घटेपछि मूल्यमा नेगेटिभ सर्किट लागेको हो। 

ठूला लगानीकर्ता करको दायरामा आउनुपर्ने भएपछि तुलानात्मक रुपमा अन्यभन्दा युनिलिभरको शेयरमूल्यमा भारी गिरावट आएको हो। 

यो कम्पनीको एक कित्ताकै मूल्य ३० हजार ८४ रुपैयाँ पर्छ। यसबाहेक एसियन हाइड्रो, युनिक नेपाल लघुवित्त लगायत कम्पनीहरु पनि घट्नेमा अगाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .