कारोबार


वित्तीय हस्तान्तरण : बागमतीका कुन जिल्लाले कति पाए?

वित्तीय हस्तान्तरण : बागमतीका कुन जिल्लाले कति पाए?

फाइल तस्बिर


सुनिता विष्ट
जेठ १७, २०८० बुधबार १२:५६, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेका छन्।

सोमबार अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटअनुसार अन्तर-सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ। जसमध्ये ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख र ७ प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ।

जसमा बागमती प्रदेशका लागि १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ अन्तर-सरकारी वित्तीय हस्तान्तरण विनियोजन भएको छ। चालु आर्थिक वर्षको लागि २० अर्ब भन्दा धेरै वित्तीय हस्तान्तरण पाएको थियो। जसमध्ये बागमतीका १३ जिल्लाहरूमा सबैभन्दा धेरै काठमाण्डौंले पाएको छ भने सबैभन्दा कम रसुवाले पाएको छ।

कुल ७ अर्ब १४ लाख अनुदान पाएको काठमाण्डौंले समानीकरणमा २ अर्ब ५९ करोड ५१ लाख पाएको छ भने सशर्ततर्फ १ अर्ब १८ करोड ८८ लाख, विशेष अनुदानतर्फ १२ करोड ५० लाख र समपूरक अनुदानमा ९ करोड २५ लाख पाएको छ। सबैभन्दा कम वित्तीय हस्तान्तरण पाएको जिल्ला रसुवा हो।

रसुवाले १ अर्ब १६ करोड ५४ लाख वित्तीय हस्तान्तरण पाएको छ। जसमा समानीकरणतर्फ ३८ करोड ८५ लाख, सशर्ततर्फ ७० करोड ७४ लाख, विशेष अनुदानतर्फ ३ करोड १५ लाख पाएको छ भने समपूरकतर्फ ३ करोड ८० लाख रुपैयाँ अनुदान पाएको छ। 

धादिङले ४ अर्ब ७६ करोड ९ लाख रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण पाएको छ। जसमध्ये, समानीकरण अनुदानमा १ अर्ब ६८ करोड ८१ लाख, सशर्ततर्फ २ अर्ब ७९ करोड ८ लाख र अनुदानतर्फ १६ करोड पाउँदा १२ करोड २० लाख पाएको छ। 

सिन्धुपाल्चोकले समानीकरण अनुदानमा १ अर्ब ४७ करोड ७४ लाख, सशर्ततर्फ २ अर्ब ९३ करोड ५७ लाख, विशेष अनुदानतर्फ २४ करोड १९ लाख पाएको छ। यसैगरी समपूरक अनुदानतर्फ ९ करोड २५ लाख पाउँदा संघीय सरकारबाट सिन्धुपाल्चोकले ४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

काभ्रेपलाञ्चोकले समानीकरण अनुदानमा १ अर्ब ३४ करोड ४० लाख पाएको छ भने सशर्ततर्फ ३ अर्ब ५० करोड ४७ लाख पाएको छ। विशेष अनुदानतर्फ १७ करोड ९० लाख, समपूरक अनुदानतर्फ १० करोड ४५ लाख पाउँदा संघीय सरकारबाट सिन्धुपाल्चोकले ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

यस्तै नुवाकोटले समानीकरण अनुदानमा १ अर्ब ६ करोड ५ लाख, सशर्ततर्फ २ अर्ब ६९ करोड ७९ लाख, विशेष अनुदानतर्फ १२ करोड १० लाख, समपूरक अनुदानतर्फ १० करोड ४० लाख पाउँदा संघीय सरकारबाट सिन्धुपाल्चोकले ३ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

चितवनले समानीकरण अनुदानमा १ अर्ब २४ करोड ५१ लाख पाएको छ भने सशर्ततर्फ ३ अर्ब ७ करोड ९० लाख पाएको छ। विशेष अनुदानतर्फ १६ करोड ९० लाख, समपूरक अनुदानतर्फ ८ करोड ४५ लाख पाउँदा संघीय सरकारबाट चितवनले ४ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

मकवानपुरले समानीकरण अनुदानमा १ अर्ब २२ करोड ६० लाख, सशर्ततर्फ २ अर्ब ८५ करोड ८ लाख, विशेष अनुदानतर्फ १२ करोड र समपूरक अनुदानतर्फ ९ करोड ९० लाख पाउँदा संघीय सरकारबाट मकवानपुरले ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

भक्तपुरले समानीकरण अनुदानमा ७७ करोड ५२ लाख पाएको छ। सशर्ततर्फ १ अर्ब ४० करोड ५८ लाख, विशेष अनुदानतर्फ ८ करोड ७५ लाख र समपूरक अनुदानतर्फ ३ करोड ४० लाख पाउँदा संघीय सरकारबाट भक्तपुरले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

ललितपुर जिल्लाले ३ अर्ब ७ करोड ८८ लाख वित्तीय हस्तान्तरण पाएको छ। जसमा समानीकरणतर्फ ९७ करोड ७३ लाख, सशर्ततर्फ १ अर्ब ८८ करोड ९० लाख, विशेष अनुदानतर्फ १२ करोड ६५ लाख पाएको छ भने समपूरकतर्फ ८ करोड ६० लाख रुपैयाँ अनुदान पाएको छ। 

रापेछाप जिल्लाले ३ अर्ब २५ करोड ३१ लाख वित्तीय हस्तान्तरण पाएको छ। जसमा समानीकरणतर्फ १ अर्ब ३ करोड ४० लाख, सशर्ततर्फ २ अर्ब ७ करोड ४६ लाख, विशेष अनुदानतर्फ ६ करोड ५५ लाख पाएको छ भने समपूरकतर्फ ७ करोड ९० लाख रुपैयाँ अनुदान पाएको छ।

समानीकरण अनुदानमा १ अर्ब ५ करोड ७५ लाख, सशर्ततर्फ २ अर्ब १७ करोड ५३ लाख, विशेष अनुदानतर्फ ८ करोड ४५ लाख र समपूरक अनुदानतर्फ ६ करोड २५ लाख पाउँदा संघीय सरकारबाट दोलखाले ३ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

सिन्धुलीले समानीकरण अनुदानमा ७५ करोड १२ लाख पाएको छ। सशर्ततर्फ २ अर्ब ७५ करोड पाएको छ। यस्तै विशेष अनुदानतर्फ १४ करोड ५ लाख, समपूरक अनुदानतर्फ ९ करोड २० लाख पाउँदा संघीय सरकारबाट सिन्धुलीले ३ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .