राजनीति


महरा प्रकरणः सरकारी साक्षी बुझ्ने जिल्ला अदालतको आदेश

महरा प्रकरणः सरकारी साक्षी बुझ्ने जिल्ला अदालतको आदेश

नेपालखबर
पुस २७, २०७६ आइतबार १२:२३,

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश गरेको छ।

अदालतले महरामाथि बलात्कार प्रयासको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको हो। जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले घटनाविवरण कागज गरिदिने साक्षीहरू बुझ्न आदेश गरेको हो।

त्यस्तै अदालतले घटनास्थलमा भेटिएका सामग्रीको परीक्षण गर्ने प्रयोगशालाका विशेषज्ञहरू र घटना विवरण कागज गरिदिने साक्षीहरूलाई पनि बोलाउने आदेश गरेको छ।

महरामाथि संसद सचिवालयमा कार्यरत कर्मचारी रोशी शाहीमाथि बलात्कारको प्रयास गर्नुका साथै शारीरिक हिंसा समेत गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

गत असोज १२ महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै शाहीले अदालतमा मुद्दा दर्ता गरे्एकी थिइन्। सोही मुद्दाको सुनावाई गर्दै जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।

महरा हाल डिल्लीबजार कारगारमा थुनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad