ad ad

कारोबार


विद्युतीय सवारीको करमा हेरफेर : ५० देखि १०० किलोवाटका गाडीमा बढ्यो

विद्युतीय सवारीको करमा हेरफेर : ५० देखि १०० किलोवाटका गाडीमा बढ्यो

नेपालखबर
जेठ १५, २०८० सोमबार २१:५७, काठमाडौँ

सरकारले ५० किलोवाट माथीका विद्युतीय गाडीमा भन्सार बढाएको छ। 

५० किलोवाटसम्म १० प्रतिशत लगाएको छ भने ५० देखी १०० किलोवाटसम्म १५ प्रतिशत पु¥याएको छ। हाल १० प्रतिशत भन्सार लाग्दै आएको छ। 

५० देखी १०० किलोवाटसम्म भन्सार बढाउँदा १०० देखी २०० किलोवाटसम्मका भन्सार र अन्तशुल्क दुवै घटाएको छ। 

सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका भन्सार महशुल ३० प्रतिशत रहेकोमा २० प्रतिशतमा झारेको छ।

अन्तशुल्कमा पनि सरकारले १० प्रतिशत घटाएको छ। सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा ३० प्रतिशत अन्तःशुल्क पुर्‍याएको थियो। अब २० प्रतिशत लाग्ने भएको छ। 

२०० देखि ३०० किलोवाटसम्मकामा ३० प्रतिशत रहेकोमा ४० प्रतिशत पु¥याएको छ। ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ।  
 
सरकारले ड्राइभर समेत १० वा सो भन्दा बढी यात्रुहरू बोक्ने मोटर गाडीमा १० प्रतिशत भन्सार लाग्ने स्पष्ट व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .