कारोबार


बजेट समग्रमा राम्रो छ, कार्यान्वयनमा चुनौती छ : ज्ञानबहादुर शाही

सांसदलाई बजेट छुट्याउनु गलत भएको टिप्पणी
बजेट समग्रमा राम्रो छ, कार्यान्वयनमा चुनौती छ : ज्ञानबहादुर शाही

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार २०:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको बताएका छन्। 

उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौती रहेको बताए। शाहीले जडीबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताए। 

‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ। जडीबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसावले। आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ। सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन’, उनले भने। 

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad