कारोबार


चालु आव : ५ लाख स्मार्ट कार्ड र  २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर

चालु आव : ५ लाख स्मार्ट कार्ड र  २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १५:५५, काठमाडौँ

सरकारले २ लाख ५७ हजार ईम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ। यातायात व्यवस्था विभागले २०७९ फागुनसम्म उत्पादितमध्ये ५१ हजार थप जडान भएका हुन्।

असारसम्ममा स्थानबाट ईम्बोस्ड नम्वर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत ईम्बोस्ड नम्वर प्लेट जडान तथा वितरण गर्ने कार्य सुरु भएको छ।

२०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९ सय ७२ थान जडानका लागि वितरण भएको थियो। 

चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) प्रिन्ट भएको छ।

२०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ रहेको छ। गत असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो।

२०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालय विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप  गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारीमा सो प्रणाली लागू भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .