कारोबार


पशुपति सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस

पशुपति सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १६:३१, काठमाडौँ

सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा सिफारिस गरेको छ।

उक्त सहकारी वित्तीय संकटमा परेपछि सहकारी विभागले सहकारी ऐन, २०७४ अनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सिफारिस गरेको हो।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम कुनै सहकारी संस्थाले सदस्यहरुको हितविपरीत हुने कुनै कार्य गरेमा, संस्थाले गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरे वा भुक्तानी गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको अवस्थामा रजिष्ट्रारको सिफारिसमा समस्याग्रस्त घोषणा गर्न मन्त्रालयसमक्ष सिफारिस गर्नसक्ने व्यवस्था छ।

२०७६ साल चैत्र १५ गतेदेखि बचत फिर्ता गर्ने प्रतिवद्धता संस्थाले जनाए पनि हालसम्म पैसा फिर्ता गर्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .