ad ad

कारोबार


काठमाडौंका व्यवसाय दर्ता र नवीकरणबारे वडाअध्यक्षले अनुगमन गर्ने

काठमाडौंका व्यवसाय दर्ता र नवीकरणबारे वडाअध्यक्षले अनुगमन गर्ने

नेपालखबर
जेठ ११, २०८० बिहिबार १८:८, काठमाडौँ

वडास्तरीय राजस्व अनुगमनका लागि काठमाडौं महानगरपालिकाको राजस्व विभागले वडा कार्यालयहरुलाई पत्र पठाएको छ। बुधबार पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्नका लागि अनुगमन गर्न भनिएको छ।

अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ।

जेठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो। अनुगमनमा जनप्रतिनिधि र कर्मचारी रहने छन्। अनुगमन टोलीको छनौट तथा नेतृत्व वडा अध्यक्षले गर्ने छन्।

तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नवीकरणको फारम भरिनेछ।

यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपि समेत लिइनेछ। यसरी भरिएका विवरण फारमहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ। वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ।

यसवापत तिर्नु पर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ। यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइनेछ।

अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ।

अनुगमन टोलीले दैनिक ८ घण्टा काम गर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .