कारोबार


नयाँ दिल्लीमा आइएमई इण्डियाको नयाँ शाखा, इण्डो-नेपाल रेमिट्यान्स सेवाको थप विस्तार

नयाँ दिल्लीमा आइएमई इण्डियाको नयाँ शाखा, इण्डो-नेपाल रेमिट्यान्स सेवाको थप विस्तार

नेपालखबर
जेठ ५, २०८० शुक्रबार २०:५१, काठमाडौँ

आइएमई इण्डिया प्रा.लिले भारतको राजधानी नयाँ दिल्लीस्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ।

जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गरेका हुन्।

आइएमई इण्डियाले नयाँ शाखा मार्फत बिदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ।

शाखा उद्घाटन गर्दै राजदुत डा.शंकर प्रसाद शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिदै नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए।

सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए। यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे।

शाखा विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरुको समेत उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad