कारोबार


सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:४५, काठमाडौँ

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सुदूूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण गरेको छ।

सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको बैंकले जनाएको छ।

जेठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरे।

चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मसिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो।

साथै आज आयोजित डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गरिएको थियो। बैंकले गरेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .