कारोबार


एनसेलको ‘माइ प्लान’ : दुई प्लान उपलब्ध

एनसेलको ‘माइ प्लान’ : दुई प्लान उपलब्ध

नेपालखबर
जेठ ४, २०८० बिहिबार १८:५६, काठमाडौँ

एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन्।

एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएकोे छ। यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफै बनाएर सेवा लिन सक्छन्।

ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्। माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन्। माइ प्लान ५०० को कर सहित रु ५०० पर्दछ र यसमा ग्राहकले रु ५०० बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्छन्। त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढि मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन्।

यसका साथै प्लानमा पाइने सेवाहरु बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म प्रयोग गर्न सकिन्छ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मूल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ। माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्छन्।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विषेश सुविधाले कर्पोरेट ग्राहकहरु ठूलो महत्व राख्दछ। एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्छन्।

उदाहरणको लागि ग्राहकले रु ३०० बराबरको डेटा, रु १५० बराबरको अफ नेट र अन नेट कल र रु ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन्। यो प्याक ३० दिनको समय चक्रमा सञ्चालन हुने हुँदा आउट गोइङ् सेवामा अवरोध नआवस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नु पर्दछ।

३० दिनको समय अघि नै माई प्लानका सेवाहरुको प्रगोय गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान् शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .