कारोबार


सनराइज बैंकद्वारा धनगढीको ऐश्वर्य विद्या निकेतनलाई ३ थान प्रोजक्टर हस्तान्तरण

सनराइज बैंकद्वारा धनगढीको ऐश्वर्य विद्या निकेतनलाई ३ थान प्रोजक्टर हस्तान्तरण

नेपालखबर
जेठ २, २०८० मंगलबार १९:४५, काठमाडौँ

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५, हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ।

आज आयोजित एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधी ओझालाई उक्त सामग्री हस्तान्तरण गरे।

प्रधानाध्यापक प्रेमनिधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरे।

सोही दिन आयोजित अर्को एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए।

सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए।

साथै, धनगढी उपमहानगरपालिकाका मेयर हमालले सनराइज बैंकको यस सहयोगले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे।

यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad