ad ad

कारोबार


‘बैंकिङ डिस्कोर्स’को पूर्वसन्ध्यामा अन्तरक्रिया

‘बैंकिङ डिस्कोर्स’को पूर्वसन्ध्यामा अन्तरक्रिया

नेपालखबर
जेठ १, २०८० सोमबार १५:३९, काठमाडौँ

यही जेठ २ गते हुन लागेको ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स’ को कार्यक्रमको पूर्व सन्ध्यामा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिस्कोर्स कार्यक्रमा मुख्य ४ वटा सत्रहरुमा बहस गरिने बताए।

बैंकिङ समाचारले आयोजना गर्न लागेको ‘द नेशनल बैंकिङ डिस्कोर्स’ कार्यक्रमा पेश हुने विषय र यसले भविष्यमा पार्ने प्रभावको बारेमा अन्तरक्रिया कार्यक्रममा गहन छलफल गरिएको थियो।

डेपुटी गभर्नर मिश्रले बैंकिङ समाचारले यस्तो डिस्कोर्स कार्यक्रम आयोजना गर्न लागेकोमा आफू उत्साहित भएको बताए। उनले कार्यक्रममा हुने ४ वटै प्रमुख सत्रहरुको बारेमा विशेष व्यख्या पनि गरे।

दिगो बैंकिङको अवधारणाले मुलुकको भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्ने उनले बताए।

मिश्रले भने, ‘बैंकिङ समाचारले वित्तीय साक्षरता, आगामी बजेटको भूमिका, डिजिटल इकोसिस्टम र वित्तीय साक्षरता जस्ता महत्वपूर्ण विषयहरु उठान गर्न खोजेको छ। यो आफैँमा महत्वपूर्ण र नयाँ मार्गदिशा तय गर्ने खालको छ। म अत्यन्तै उत्साही छु।’

यस्तै, अन्तरक्रियामा उपस्थित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले डिजिटल इकोसिस्टमको नेपालको हालको स्थिती अत्यन्तै चिन्ताजनक भएको र सुधार गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘डिजिटलाइजेशन भनेको भुक्तानी मात्रै नभई समग्र क्षेत्रको डिजिटलाइजेशन भन्ने बुझिन्छ। राष्ट्र बैंकले पनि वित्तीय डिजिटल इकोसिस्टम निर्माणमा अत्यन्तै ध्यान दिएको छ। बैंकिङ डिस्कोर्समा रहेको डिजिटलाईजेशनको सत्रमा डिजिटल पेमेन्टका मात्रै विषयहरु नभई समग्र इकोसिस्टमको बारेमा बहस गर्नुपर्छ। म उत्साहित छु।’

यस्तै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले रेमिट्यान्सले धानेको अर्थतन्त्रमा हामी कहिलेसम्म खुशी हुने हो? भन्दै प्रश्नै गरे।

उनले भने, ‘हामी अहिले रेमिट्यान्स आयो भन्दै मख्ख परेका छौँ। अब कहिलेसम्म मख्ख पर्ने हो थाहा छैन।’

यस्तै, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले डिजिटलाइजेशकनमा क्रिप्टोकरेन्शी र डिजिटल फ्रडका विषयहरुमा बहस गर्दा फाइदा हुने सल्लाह दिए।

उनले भने, ‘हुण्डी कारोबार बढेको छ। यदी रेमिटेन्सलाई डिजिटल प्रणालीबाट मुलुकमा भित्र्याउने र सरकारी संयन्त्रहरु सबै डिजिटलाइजेसन हुने हो भने भ्रष्टाचार नै कम भएर जान्छ। यो आजको दिनमा अत्यन्तै महत्वपूर्ण छ। यसको विषयमा बहस गर्न जरुरी देखिन्छ।’

अन्तरक्रियामा आयोजक टिम, माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपान, फोन–पे का प्रमुख कार्यकारी अधिकृत विश्वास सापकोटा, मोडेरेटरको भूमिकामा रहने कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठक, आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेल, सञ्चारकर्मी श्री पाण्डे लगायतको उपस्थिती रहेको थियो।

‘द नेशनल बैंकिङ डिस्कोर्स’ भोलि मंगलबार सोल्टी होटल काठमाडौंमा आयोजना हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .