चालु आर्थिक वर्षको सुरुदेखि नै दबाबमा परेको राजश्व संकलन वैशाखसम्म गत वर्षको हाराहरी पुगेको छ।
अन्तरिकतर्फको कर संकलन चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म ३ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ।
यो गतवर्षको १० महिनाकै हाराहारी हो। गत आर्थिक वर्षको १० महिनामा ३ खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको थियो।
शीर्षगत राजश्व हेर्ने हो भने आयकर, घरबाहल कर, मूल्य अभिवृद्धि कर अझै पनि गत वर्षकोभन्दा कम संकलन भइरहेको छ।
तर अन्तशुल्क, ब्याज कर, स्वास्थ्य सेवा शुल्क, शिक्षा शुल्क भने गत वर्षभन्दा सुधार भएको छ।
54
Shares
प्रतिक्रिया