कारोबार


भन्सार विभागका महानिर्देशक चक्र बुढाको सरुवा, को आउँदै छन् भन्सारमा?

भन्सार विभागका महानिर्देशक चक्र बुढाको सरुवा, को आउँदै छन् भन्सारमा?

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:२२, काठमाडौँ

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवा भएको छ। उनलाई संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको हो।

जनार्दन शर्माले अर्थ मन्त्रालय छोड्ने समयमा उनलाई भन्सार विभागको जिम्मेवारी दिइएको थियो।

अब अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ महानिर्देशक पठाउँदै छन्।

मन्त्री महतले अर्थ मन्त्रालयमा केही सहसचिव सरुवा गरेर ल्याएका छन्। जसमध्ये एकलाई जिम्मेवारी दिइने देखिएको छ।

अर्थ मन्त्रालयमा आउने नयाँ सहसचिवमा भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुवेदी छन्। भुपाल बरालले संस्थान महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्।

त्यस्तै खत्रीलाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने सुवेदीलाई भन्सार विभागको जिम्मेवारी दिने सम्भावना रहेको मन्त्रालयका एक अधिकारी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad