ad ad

कारोबार


अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा सूर्यज्योति लाइफको भिडियो सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा सूर्यज्योति लाइफको भिडियो सन्देश

नेपालखबर
बैशाख १७, २०८० आइतबार १८:२१, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश तयार पारेको छ।

श्रमिकहरुमा बीमाको महत्त्वलाई झल्काउँदै ‘श्रमको सम्मानमा छैन कुनै सीमा, हरेक जीवनलाई जोड्छ सूर्यज्योति जीवन बीमा’ नामक भिडियो बनाइएको हो।

कम्पनीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना पनि व्यक्त गरेको छ। भिडियोमा विभिन्न किसिमका श्रमिकहरुलाई देखाइएको छ। जुनसुकै क्षेत्रमा काम गर्ने मजदुरहरुका लागि पनि जीवन बीमा आवश्यक रहेको सन्देश दिन खोजिएको छ। जसमा मकै पोल्ने महिला, होटलमा काम गर्ने मजदुर, शिक्षक, कम्पनीमा काम गर्ने कर्मचारी, चिकित्सक, हलो जोत्ने किसान, भरिया, सरसफाइ मजदुर, सवारी चालकहरुलाई देखाइएको छ।

भिडियोसँगै प्रस्तोताले म जे गर्दछु सफल जीवनका लागि, म पसिना बगाउँछु सुरक्षित जीवनका लागि, म श्रमरपरिश्रमरमेहनत गर्दछु सन्ततिको उज्जवल भविष्यका लागि भन्दै शुभकामना व्यक्त गरिएको छ।

भिडियोको परिकल्पनाकार तथा रचनाकार सूर्योजोति लाइफका ब्रान्डिङ तथा सञ्चार विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .