कारोबार


फ्लाई दुबई जहाज प्रकरण : त्रिभुवन विमानस्थल भन्छ– चरा ठोक्किएको प्रमाण भेटिएको छैन

फ्लाई दुबई जहाज प्रकरण : त्रिभुवन विमानस्थल भन्छ– चरा ठोक्किएको प्रमाण भेटिएको छैन

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १२:१५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति फ्लाई दुबईको जहाज उडेबित्तिकै देखिएको असामान्य अवस्थाबारे प्रतिक्रिया जनाएको छ। 

विमानस्थलका अनुसार फ्लाई दुबईको एफजेट५७६ (एफडीबी५७६)ले उडेलगत्तै यसबारे जानकारी गराएको थियो। सोलगत्तै विमानस्थल व्यवस्थापनले विमानस्थलको आकस्मिक व्यवस्थापन योजना र पद्धतिअनुसार आवश्यक सम्पूर्ण तयारी गरिएको थियो। 

पछि, उक्त विमानका पाइलटले समस्या समाधान भएको र गन्तव्यतर्फको उडानलाई निरन्तरता दिनलागेको जानकारी गराएका थिए। 

‘यद्यपि विमानस्थलका एयर ट्रफिक कन्ट्रोलर (एटीसी)ले उक्त विमानका पाइलटलाई यदि उनीहरुले चाहेमा त्रिभुवन विमानस्थलमै अवतरण गराउन सक्ने जानकारी गराएका थिए’, विमानस्थलले भनेको छ। 

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा उक्त विमान उडेलगत्तै काठमाडौंको आकाशमा फन्को मार्ने क्रममा केही विस्फोट भएजस्तो झट्ट उज्यालो भएको देख्न सकिन्छ।

तर सोलगत्तै विमानस्थलका कर्मचारीले प्रत्यक्ष रुपमा पूरै धावनमार्ग र वरपरका क्षेत्रमा निरीक्षण गरे पनि चरा ठोक्किएको वा त्यससँग सम्बन्धित अन्य कुनै कुरा नभेटिएको विमानस्थलले जनाएको छ। 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमान दुवईमा रहेको बताउँदै यहाँ खास के भएको कुनै पनि कारण या प्रमाण नभेटिएको बताए। 

उनले नेपालखबरसँग भने, ‘यहाँ चरा ठोक्किएको भन्ने कुनै प्रमाण भेटिएको छैन, जहाजमा के भएको भन्न जहाज पनि यहाँ छैन। दुबईमा नै अनुसन्धान भइरहेकाले उनीहरुले नै भनेपछि के भएको हो थाहा हुन्छ।’ 

यो पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .