ad ad

खेल


साउदीमा पनि रोनाल्डोको वितण्डा, किङ कपबाट बाहिरिएपछि सहकर्मीमाथि आक्रोश

साउदीमा पनि रोनाल्डोको वितण्डा, किङ कपबाट बाहिरिएपछि सहकर्मीमाथि आक्रोश

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १२:२३, काठमाडौँ

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको टिम अल नासर किङ कप अफ च्याम्पियन्सको सेमिफाइनलबाटै बाहिरिएको छ। सोमबार राति १० खेलाडीमा सीमित अल वेहदाले अलनासरलाई १–० ले हराएको हो। 

सेमिफाइनलबाटै बाहिरिएपछि रोनाल्डो आफ्ना सहकर्मीसँग आक्रेशित भएका छन्। दुई महिनाअघि मात्रै यही टिमविरुद्ध रोनाल्डोले ४ गोल गर्दा अल नासर ४–० ले विजयी भएको थियो। यो नजिताले किङ कपको फाइनलमा दुई ठूला क्लबको भिडन्त हुने अनुमान गरिएको थियो। अल हिलाल फाइनलमा पुगेको छ। 

तर भर्खरै बढुवा भएको टोलीले एक गोल गर्दा अल नासरलाई पन्छाउन पर्याप्त भयो। खेलको २३औं मिनेटमा जेन डेभिडको गोलमा अल वेह्दाले अग्रता बनाएको थियो। 

तर अल वेह्दा ५३औं मिनेटमा १० खेलाडीमा सीमित हुन पुग्यो। अब्दुल्हा अल हाफिथ रातोकार्ड खाँदै मैदानबाट बाहिरिए। डिफेन्डरले रोनाल्डोलाई डिबक्स नजिकै लडाउँदा दोस्रो पहेँलो कार्ड पाएका थिए। 

त्यसमा रोनाल्डोको फ्रिकिक बारमा लाग्यो। यसबाहेक पनि धेरै सुन्दर अवसरहरु रोनाल्डोले खेर फाले। आफ्नो प्रहारले पोस्टको बाटो लिन नसक्दा रोनाल्डो पटकपटक आफैंसँग रिसाएका थिए। पछि उनी टोलीका सहकर्मी रप्रशिक्षक र वैकल्पिक खेलाडीहरुसँग पनि आक्रोशित देखिएका थिए। 

१० खेलाडीमा सीमित अल वेह्दाको अग्रता तोड्ल रोनाल्डोको अल नासर असफल भयो। सुरुमा आक्रमक खेलेका रोनाल्डो गोल नभएपछि बिस्तारै निराश बन्दै गएका थिए। पहिलो हाफको खेल सकिएर मैदानबाहिर निस्कने क्रममा उनी आफ्नो टाउको हल्लाउँदै असन्तुष्टि पोखिरहेका देखिन्थे। 

पाँचपटकका बालोन डि ओर विजेता आफ्ना प्रयास असफल भएपछि अल हिलालसँग फाइनल भिडन्त गर्न अल वेह्दा पुग्यो।

रोनाल्डो मैदानमा र बाहिर पनि पटकपटक विवादमा आइरहन्छन्। टोलीका सहकर्मी र प्रशिक्षकसँग यसअघि पनि उनले विवाद गरेका थिए। अलहिलाल पुग्नुअघि पनि उनको पोर्चुगिज राष्ट्रिय टोली र तत्कालीन क्लब म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध राम्रो थिएन। 

प्रशिक्षक र क्लबसँगको खराब सम्बन्धकै कारण उनलाई युनाइटेडले सम्झौता खारेज गरेर बिदा गरेको थियो। गएको विश्वकपमा उनले राष्ट्रिय टोलीबाट पनि चाहेजति मौका पाउन सकेनन्। त्यस क्रममा प्रशिक्षक फर्नान्डो सान्तोष र सहकर्मीसँग उनको सम्बन्ध बिग्रिएको थियो।

यता कीर्तिमानी रकम खचिएर रोनाल्डो भित्र्याएको अल नासर घरेलु लिगमा पनि पछि परेको छ। अन्तिम ६ खेलअघि अल नासर शीर्षस्थानको अल इतिहादसँग ३ अंकले पछि परेको छ। तर अल इतिहादले २३ खेल मात्रै अर्थात् एक खेल कम खेलेको छ। इतिहादले ५६ अंक जोड्दा अल नासरको ५३ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .