इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईको जहाज गन्तव्यतर्फ गएसँगै त्रिभुवन विमानस्थलमा रोकिएका जहाज ल्यान्ड हुन थालेका छन्।
त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले लामो समय आकासमा होल्ड भएका जहाज अवतरण गर्न थालेको जानकारी दिएको छ।
काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा तत्कालै आगो लागेको थियो।
‘अवतरणको प्रयास गर्दागर्दै पाइलटबाट विमान नर्मल भएको जानकारी आयो,’ तिवारीले भने, ‘अहिले सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेको छ।’
207
Shares

प्रतिक्रिया