कारोबार


कृषि मजदुरलाई श्रमिकको दायरामा ल्याइने

कृषि मजदुरलाई श्रमिकको दायरामा ल्याइने

नेपालखबर
पुस २२, २०७६ मंगलबार ११:५९,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना अघि सारेको छ। मंगलबार भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेका जानकारी दिइएको हो।

कृषि क्षेत्रको श्रमिकहरुको अवस्था पहिचान गरी उनीहरुको हक हित प्रवद्र्धन एवम् उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विधि एव्म प्रक्रिया सम्बनधमा अहिले अध्ययन भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

श्रममन्त्री रामेश्वर राय यादवले कृषकहरुलाई पेन्सनको सुनिश्चितता गर्न र बीमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताउनुभयो । कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए।

मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समुन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारिएको बताए। मध्यपूर्व लगायतका देशमा रहेका नेपाली मजदुरहरुको अवस्थाका विषयमा हरेक अपडेट लिने काम भइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा तीनवटै मन्त्रालयहरुले ‘रेस्क्यु’का लागि योजना बनाइरहेको उनले बताए।

उनले श्रम मन्त्रालयका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न पूर्व श्रममन्त्रीहरुसँग बुधबार बैठक बोलाइएको पनि बताए। पूर्व श्रममन्त्रीहरुको अनुभव साटासाट गर्ने र अहिलेको कार्ययोजनाका विषयमा छलफल गरेर अगाडी बढ्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad