कारोबार


वायुसेवा निगमले एक वर्षमा गर्‍यो ३ अर्ब ऋण दायित्व भुक्तानी

वायुसेवा निगमले एक वर्षमा गर्‍यो ३ अर्ब ऋण दायित्व भुक्तानी

नेपालखबर
बैशाख ७, २०८० बिहिबार ११:३८, काठमाडौँ

नेपाल वायुसेवा निगमले १ वर्षमा झन्डै ३ अर्ब रुपैयाँ ऋण दायित्व भुक्तानी गरेको छ। निगमले एक वर्षमा २ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी गरेको हो। 

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०७९ चैत महिनाको किस्ताबापत  कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ।

निगमका अनुसार २०७९ असारमा १ अर्ब ३५ करोड रुपैयाँ, आसोजमा ७३ करोड ९ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ, पुसमा ३३ करोड ९ लाख  र चैतमा ५३ करोड ९ लाख ५५ हजार दुई सय एकासी रुपैयाँ गरी  २ अर्ब ९४ करोड कम भुक्तानी गरेको छ। 

वायुसेवा निगमले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गरेको छ। 

 ‘किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ,’ निगमका प्रवक्ता रमेश पौडेल भन्छन्,‘यस सम्बन्धमा छलफल समेत भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .