ad ad

कारोबार


अस्ट्रेलियाको न्यु साउथ वेल्स संसदबाट भ्रमण वर्षको उद्घाटन

अस्ट्रेलियाको न्यु साउथ वेल्स संसदबाट भ्रमण वर्षको उद्घाटन

नेपालखबर
पुस २२, २०७६ मंगलबार ९:१२,

अष्ट्रेलिया न्यु साउथ वेल्सको संसदबाट नेपाल भ्रमण वर्षको उद्घाटन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा संसदबाट उद्घाटन भएको हो।

कार्यक्रममा मन्त्री भट्टराईले आगलागीको कारण मृत्यु भएकाकाे परिवारमा समवेदना व्यक्त गर्दै नेपाल र अस्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध ६८ औं वर्ष पुगेकोमा दुई देशको सम्बन्ध अझै राम्रो हुने विश्वास लिएकाे बताए। उनले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने मात्रै नभई हरेक पर्यटकको सुरक्षाको लागि काम गरिरहेको बताए।

पर्यटन पूर्वधारको विकासको लागि गौतमवुद्ध, पोखरा विमानस्थाल निमार्ण गरिरहेको उनले बताए। उनले नेपाल भ्रमण गर्नेलाई पर्यटन व्यवसायीले विशेष छुट दिएको जानकारी गराए।सम्बाेधनका क्रममा उनले नेपालसँग आन्तरिक पूँजी कमी भएकाले अस्ट्रेलियालाई पर्यटन पूर्वधारमा लगानी गर्न समेत आब्हान गरे।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले नेपाल सुन्दर प्रकृति, संस्कृति, हिमालको लागि राम्रो भएको बताए। उनले अष्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरे।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले भ्रमण वर्षको कार्यक्रम हुन्छ कि हुँदैन भन्ने थियो तर आगलागीको कारण देखाई कार्यक्रमलाई रोक्न नसकिने बताए।

अध्यक्ष कंडेलले अष्ट्रेलियाको नेपाली समुदायले अग्निपीडितको लागि सहयोग गरिरहेको जानकारी दिए। उनले भने, ‘हामीले २० हजार डलर संकलन गरी हस्तान्तरण गरिसकेका छौं । फेरि ५ हजार डलर संकलन भएको छ।’

नेपाली समुदायले स्वयंसेवकको रुपमा स्थानीय बासिन्दा र जनावरलाई सहयोग गरेको बताएका छन्। उनले आगामी हप्ता अष्ट्रेलियामा भएका नेपाली समुदायले रक्तदान गरी आगलागी पीडितको लागि सहयोग गर्ने बताए।

‘नेपाल सगरमाथा र गौतम बुद्ध मात्रै होइन अन्य कुरामा पनि राम्रो छ । २०२० मा अरु देशमा जाने योजना बनाएको भए २०२१ जाँदा हुन्छ । तर एक पटक नेपाल जानै पर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .