ad ad

कारोबार


मन्थलीबाट लुक्ला दैनिक एक दर्जन भन्दा बढी उडान गर्दै तारा एअर

मन्थलीबाट लुक्ला दैनिक एक दर्जन भन्दा बढी उडान गर्दै तारा एअर

नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:१३, काठमाडौँ

पर्यटकीय सिजन शुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक ४ दर्जनभन्दा बढी सम्म उडान गर्दै आएका छन्। 

यो सिजनमा तारा एअरको ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्दै आएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन्। यो विमानस्थलबाट तारा एअर लगायत समिट र सिताले पनि उडान भर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि एउटा विमानले दैनिक दुईदेखि तीनवटा मात्र उडान भर्नसक्ने अवस्था भएपछि मन्थलीबाट लुक्ला उडाउन शुरु गर्न थालेपछि दैनिक एउटै विमानले आठ देखि दस वटा सम्म उडान गर्न थालेका छन्। 

तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले पछिल्लो समय ताराको एउटै विमानले मन्थलीबाट लुक्लासम्म दैनिक पाँचदेखि आठवटा उडान भर्दै आएको जानकारी दिए। अहिले रामेछापको मन्थली विमानस्थलमा ताराका दुईवटा विमान रहेका छन्। 

‘विहानै काठमाडौँबाट गाडीमा मन्थलीसम्म आएर मन्थलीबाट विमान चढेर एकैदिन लुक्ला पुगिने भएपछि विदेशी पर्यटकसमेतलाई सजिलो भएको छ’ उनले भने।

तारा एअरले मन्थलीदेखि लुक्लामात्र नभएर पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिंदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .