कारोबार


तीन वटा साना जहाज खरिद गर्ने निगमको तयारी

तीन वटा साना जहाज खरिद गर्ने निगमको तयारी

नेपालखबर
बैशाख ४, २०८० सोमबार १७:२७, काठमाडौँ

वायु सेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने तयारी थालेको छ। 

दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्र (स्टोल) मा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाएको निगमले जनाएको छ ।

यस कार्यमा विशेष पहल गरी यथासक्य छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ।

सो सम्बन्धमा उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको र कार्य अघि बढाएको निगमको भनाई छ।

यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो। निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने निगमको भनाई छ।

साथै, पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले वजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने  तथा यसबाट आफ्नो राष्ट्रिय र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगमले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad