ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ र पहिलो बैठक आज

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ र पहिलो बैठक आज

नेपालखबर
बैशाख ३, २०८० आइतबार १०:५४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यले आज शपथ खाँदै छन्। बिहीबार भएको चुनावबाट चुनिएका वरिष्ठ उपाध्यक्षदेखि तलका सबै सदस्यले आज पद तथा गोपनीयताको शपथ खाने भएका हुन्। 

महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप महासंघको नेतृत्व लिएका चन्द्र ढकालले भने गत शुक्रबार नै शपथ खाइसकेका छन्। 

अब चुनावबाट निर्वाचित पदाधिकारी र सदस्यलाई अध्यक्ष ढकालले आज शपथ खुवाउने भएका हुन्। 

चुनावबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् भने जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल चुनिएका छन्। 

उनीहरूसहित नवनिर्वाचित सदस्यलाई आज शपथ खुवानाका साथै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ भने लगत्तै नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ।

‘आज शपथ, पमाणपत्र वितरण र कार्यसमितिको बैठक बस्ने जानकारी आएको छ’, वस्तुगत तर्फबाट नवनिर्वाचित कार्यसमिति सदस्य नानिराज घिमिरेले भने ,‘तीनवटै काम आज गर्ने भनिएको छ।’

महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिले चयन गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .